'श्रमाधान रोजगार मेला' धनगढीमा शुरु हुँदै

 जेठ २७, २०८१ आइतबार ७:११:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडौ – रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा 'श्रमाधान रोजगार मेला' शुरु हुँदैछ । आज र भोलि दुई दिन मेला चल्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।

उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने तयारी छ । मेलाले रोजगारीका अवसर सृजना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्ने विश्वास छ । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिम्खडाले धनगढीमा हुन लागेको मेलामा ३५ नीजि क्षेत्रका स्टल रहने जानकारी दिनुभयो ।

मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवम् आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन हुने छ । सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भैसकेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया