टि–२० विश्वकप : आजराति भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड खेल्दै

 जेठ २७, २०८१ आइतबार १३:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह 'ए' अन्तर्गत भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनेछ ।

यसअघिको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको थियो । पाकिस्तान भने आयोजक अमेरिकासँग सुपर ओभरमा हारेको थियो । अमेरिका समूह 'ए' को शीर्ष स्थानमा छ । उसले दुई खेलबाट चार अङ्क जोडेको छ ।

यस्तै एक खेल खेलेको भारत दुई अङ्कका साथ समूहको दोश्रो स्थानमा छ । पाकिस्तान भने चौथो स्थानमा छ । समूह चरण पार गर्न पाकिस्तानलाई आजको खेल महत्त्पूर्ण छ । भारत र पाकिस्तानको खेल प्रतिष्ठासँग पनि जोडिएको हुन्छ ।

यस्तै समूह 'बी' अन्तर्गत ओमान र स्कटल्याण्डबीचको खेल नर्थ साउण्डमा हुनेछ । यसअघि ओमानले दुई वटा खेलमा हारेको छ । उसले अस्ट्रेलियासँग ३९ रन र नामिबियासँग सुपर ओभरमा हारेको हो ।

स्कटल्याण्डले इंग्ल्याण्डसँगको खेलमा वर्षाका कारण दोश्रो पारीमा खेल रद्द भएपछि अङ्क बाडेको थियो । उसले नामिबियासँगको खेल पाँच विकेटले जितेको थियो । स्कटल्याण्ड दुई खेलबाट तीन अङ्कसहित समूहको दोश्रो स्थानमा छ । दुई खेलमा हारेको ओमानले अङ्क जोड्न नसकेपछि समूहको पुछारमा रहेको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया