विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा ताेडफाेड र आगजनी गरे

 जेठ २७, २०८१ आइतबार १८:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

मोरङको रङ्गेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै विद्यार्थीहरूले आज बिहान क्याम्पेसको गेट अगाडि सडकमा कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गएको बिहीवार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै आन्दोलित बनेका विद्यार्थी समूहले आज सरकारी गाडीमा आगो लगाएका मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । आगजनीबाट सरकारी गाडी पूर्णरूपमा जलेको र अरू पाँच वटा गाडीमा क्षति पुगेको उहाँले बताउनुभयो । गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको उहाँको भनाइ छ ।

निजी विद्यालयहरूले आफूखुशी शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै महेन्द्र मोरङ आदर्श क्याम्पसका विद्यार्थीले गएको जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया