त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार अभ्यास हुँदै, दिउँसो आधा घण्टा उडान नहुने

 जेठ २८, २०८१ सोमबार ९:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडानसँग सम्बद्ध सङ्कटकालीन योजना अनुसार पूर्ण सङ्कटकालीन अभ्यास गर्नुपर्ने भएकाले केही समय नियमित उडान प्रभावित हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

परिकल्पना गरिएको घटनाअनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देखिने र घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने प्राधिकरणको सूचनामा उल्लेख छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिरणको मापदण्डअनुसार विमानस्थलमा आइपर्न सक्ने विभिन्न आपत्कालीन अवस्थामा प्रतिकार्यको लागि यो अभ्यास गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया