अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख रोशनीदेवी कार्कीले आउँदो भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताउनुभयो ।
सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी झण्डै तीन सय जना सहभागी हुने कार्कीले जानकारी दिनुभयो । केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ ।
मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजना गर्न लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् ।
केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।