फिफा विश्वकप छनोट खेल : नेपाल र यमनको खेल बराबरी

 जेठ ३०, २०८१ बुधबार ७:२५:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा सकिएको हो ।

योसँगै अघिल्ला ५ खेलमा हार र गोलविहीन नेपालले बराबरीबाट अङ्क जोडेको छ । नेपालका फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक/एक गोल गरे । दुवै खेलाडीको यो अन्तर्राष्ट्रिय पहिलो गोल पनि हो । खेलको नवौँ मिनेटमा नसीम अल–गाहवाहीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि  खेलको २३ औँ मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । यस्तै जिलेस्पीजंगले ६६ औँ मिनेटमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अल–दाहीले गोल गर्दा बराबरी भयो ।

नेपाल रहेको समूह ‘एच’ मा यूएई १६ अङ्कसहित शीर्ष र बहराइन ११ अङ्कसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्क रहेको यमन र एक अङ्क जोडेको नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

यसै खेलमा नेपालका गोलकिपर किरण लिम्बुले एकसय औँ अन्तर्राष्ट्रिय खेल खेले । एकसय औँ खेल खेल्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन् । खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया