अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – आईएमई लिमिटेड हिजोदेखि २४ औँ वर्षमा प्रवेश गरेको छ । आईएमईले २४ औँ वार्षिक उत्सव ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाएको आईइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल जानकारी दिनुभयो ।
उहाँले आईएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आईएमईले योगदान गरिरहेको बताउनुभयो ।
रेमिटेन्स सेवा रकमको औपचारिक आदानप्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गर्नुभयो ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आईएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहककाे सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उल्लेख गर्नुभयो ।
त्यसैगरी आईइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने भनाइ राख्नुभयो ।
वार्षिकोत्सवको अवसरमा अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।