अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङमा रहेको शारदा आधारभूत विद्यालयमा भूकम्पले जीर्ण बनेको भवनमा पुनर्निर्माण नगरि पठनपाठन भइरहेको छ । २०४७ सालमा स्थापना भएकाे विद्यालयले २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको भवनबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।
सात वर्ष बितिसक्दा समेत नयाँ भवन निर्माण नहुँदा जीर्ण भवनभित्र जोखिम मोलेर पठनपाठन सञ्चालन गरिरहेकाे शारदा आधारभूत विद्यालयका प्रधानाध्यपक सुशीला राईले बताउनुभयो । खरको छानो भएको भवन भत्काएर २०६४ सालमा जस्ताको छानासहितको अर्को चार कोठे कच्ची भवन बनाइएको थियो ।
यही भवन २०७२ सालको भूकम्पले चर्किएर चिराचिरा परेको हो । भूकम्पले थिलथिलो बनेको भवन भत्किएर विद्यार्थीलाई किच्ने त्रासका बीचमा पठनपाठन सञ्चालन गर्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।