कावासाेतीमा ढल खन्दा ३ जना कामदारकाे ज्यान गएकाे घटनामा १० बुँदे सहमति

 जेठ ३२, २०८१ शुक्रबार १८:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नवलपरासीको कावासोतीमा ढल खन्दा तीन जना कामदार महिलाको ज्यान गएको घटनामा स्थानीय प्रशासन र मृतकका आफन्त तथा स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।

ज्यान गुमाएकाहरूको शिलालेख तयार गर्ने, मृतकका परिवारको एक सदस्यलाई रोजगारी दिने र रोजगारी पुस्तान्तरण गर्ने, मृतकका परिवारलाई पाँच लाख नगद र पाँच लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरिदिने, उनीहरूका बालबालिकालाई १२ कक्षासम्म शैक्षिक सामग्रीसहित पढाइको व्यवस्थापन गर्नेलगायत सहमति भएको छ ।

हिजो कावासोतीको फलफूल चोकमा निर्माणाधीन ढलमा काम गर्दै गर्दा माटोले पुरिएर कावासोती नगरपालिका–५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको ज्यान गएको थियो ।

घटनापछि स्थानीयवासी कावासोती नगरपालिकाको कार्यालय र मेयर विष्णुप्रसाद भुषालको घरमा तोडफोडसमेत गरेका थिए । आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले शोकमा आज बिदा दिने निर्णय पनि गरेको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया