कोशी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

 असार ५, २०८१ बुधबार ७:५९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशका पूर्वी क्षेत्रमा मनसुनको प्रभाव छ । मनसुनी प्रणालीको प्रभावकै कारण आज कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशीका केही ठाउँमा ठूलो वर्षा तथा कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ ।

अहिले पनि कोशी, बाग्मती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशमा मनसुनको प्रभावले हिजो पनि मोरङ, सुनसरी, इलामलगायतका जिल्लाका केही ठाउँमा पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भयो ।

पूर्व र मधेशका केही ठाउँ बाहेक देशको अरु भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । मौसमविद् महर्जनकाअनुसार देशभर मनसुनको प्रभाव देखिन अझै केही दिन लाग्नेछ ।

आज दिउँसो कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । मौसमविद्ले ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया