४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

 असार ६, २०८१ बिहीबार १८:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले चार किलो पाँच सय चार ग्राम लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई आज सार्वजनिक गरेको हो । ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले गएको जेठ २७ गते फ्लाई दुबईको उडानबाट नेपाल आएका तान्जानियाका नागरिकलाई ठमेलबाट कोकिनसहित पक्राउ गरिएको बताउनुभयो । यस्तै जेठ ३० गते ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक र असार १ गते कतार एअरको उडानबाट नेपाल आएका भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ल्याएको कोकिन भारत लैजाने क्रममा मिजोरमकी लालरु अतसङ्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख रुपैयाँ बराबर रहेकोले प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया