अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
भक्तपुर – भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीय संसद्बाट ख्वप विश्वविद्यालय सञ्चालन विधेयक पारित गराउन निरन्तर पहल गरिरहने र विज्ञहरूको टोली बनाई ख्वप विश्वविद्यालय सञ्चालन तयारी समिति गठन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ विषयहरू थप गरिँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ख्वप अस्पताललाई थप सुविधा सम्पन्न र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने नागरिकको अस्पतालका रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।
नगरका विभिन्न ठाउँमा रहेका ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेका घाटहरूको सुधार र संरक्षणलाई व्यवस्थित रूपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादनको व्यवस्थित बिक्री/वितरणका वडा नम्बर ५ मा निर्माणाधीन तरकारी बजार सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । किसानको सुविधाका लागि कानुन बनाई कृषि ऋणको व्यवस्था गरिने उल्लेख छ । स्थानीय उत्पादन प्रवर्द्धन तथा खरिद प्रक्रियाका लागि उत्साहित गर्ने नीति बनाइने नगरपालिकाले जनाएको छ ।
नयाँ तथा विस्तारित आवास क्षेत्रमा घरको नक्सा पास गर्दा घर अगाडि कम्तीमा एउटा रुख रोप्ने तथा पुरानो बस्तीमा घर अगाडि फूलसहितको गमला राख्न उत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पानीका स्थानीय स्रोतहरूः– इनार, ढुङ्गेधारा, पोखरीलगायतलाई मौलिक विधिमार्फत पुनर्जीवन दिई संरक्षण गरिने नगरपालिकाले जनाएको छ ।
युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशीलता ऋण वितरणलाई निरन्तरता दिइने उल्लेख छ । जुजु धौ, ताइचिन चिउरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मुकुण्डो निर्माणलगायत घरेलु उत्पादनलाई प्रोत्साहित गरिने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।