देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

 असार ७, २०८१ शुक्रबार १५:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो ।

गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ कराेड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।

यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा १४ खर्ब ८१ अर्ब बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १७ खर्ब ६३ अर्ब रूपैयाँको आयात भएको थियो ।

यस्तै चालू वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ३९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।

समग्रमा व्यापार घटे पनि राजस्व भने बढेको छ । जेठ महिनासम्म भन्सार विभागले तीन खर्ब ८६ अर्ब राजस्व सङ्कलन गरेको छ । गएको वर्षको जेठ महिनासम्म तीन खर्ब ५५ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएकाे थियो । तर यस वर्ष लक्ष्यको तुलनामा भने ६७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । सरकारले जेठसम्म पाँच खर्ब ७६ अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया