भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा 'सुपर–आठ' को आफ्नाे दोस्रो खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई ७ रनले हराएको छ ।
सेन्ट लुसियामा ड्यारेन सामी क्रिकेट मैदानमा गए राति भएको 'समूह–२' काे खेलमा साविक उपाधि विजेता इङ्गल्यान्ड ७ रनले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन मात्रै बनाउन सक्यो । इङ्गल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ५३ रन बनाए । दक्षिण अफ्रिकाका कागिसाे रबाडा र केशव महाराजले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ६५ रन बनाए । यस्तै डेभिड मिलरले ४३ रन जोडे । इङ्गल्यान्डका जोफ्रा आर्चरले ३ तथा मोइन अली र अदिल रसिदले समान १ विकेट लिए ।
यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले र इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।