प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले ...
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप खेल्न जाने टोलीको बिदाइ भएको छ । नेपाल भलिबल सङ्घले आज एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरे ।
यही हप्तादेखि माल्दिभ्समा हुने प्रतियोगिताका लागि नेपाली युवा टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक मादिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पहिलो खेलमा साउन ३ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै दोस्रो खेलमा साउन ४ गते किर्गिस्तानसँग र तेस्रो खेलमा साउन ५ गते माल्दिभ्ससँग खेल्नेछ ।
सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ । नेपाली टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।