काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलि...
असोज ४, २०८१ शुक्रबार
काठमाण्डौ – कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । हिजो बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका प्रमुख रामोन जेसुरन र उनका छोरा पक्राउ परेका बीबीसीले जनाएको छ ।
७१ वर्षीय रामोन र ४३ वर्षीय उनका छोरालाई खेल अधिकारी र कर्मचारीसँग झगडा गरेकोसहित विभिन्न आरोपमा पक्राउ गरिएको मियामीको सुरक्षा निकायले जनाएको छ । हिजो भएको कोपा फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग १–० गोलले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।