अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले आज राति श्रीलङ्कासँग खेल्दैछ । याे खेल नेपाली समयअनुसार राति १० बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । यस्तै दोस्रो खेलमा नेपालले भोलि किर्गिस्तानसँग र तेस्रो खेलमा पर्सि शनिवार माल्दिभ्ससँग खेल्नेछ ।
सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ । नेपाली टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।