पहिलो टी–२० क्रिकेट : न्युजिल्याण्डले श्रीलङ्कालाई ८ रनले हरायो
पुस १३, २०८१ शनिबार
रुपन्देही - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आलोचना गर्न डराएको भन्दै आफनै दलका नेताहरुविरुद्ध आक्रोश पोख्नु भएको छ ।
प्रदेश नम्बर पाँचको राजनैतिक सुझाव संकलनका लागि रुपन्देहीको भैरहवामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले माधव नेपालले सरकारको आलोचना संसदबाटै गर्दा आफनो पार्टिका नेताहरु भने अधिनायकवादउन्मुख ओली सरकारको विरुद्ध बोल्न नखोजेको बताउनु भएको हो ।
उहाँले सरकारका विरुद्ध बोल्ने बेला पार्टिका नेताहरुले आफनोविरुद्ध बोल्दै हिँडेको आरोप लगाउनु भयो । मेरो विरुद्ध बोलेर समय खर्चनुभन्दा सरकारविरुद्ध बोल्नु ठिक हुन्छ, देउवाले भन्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सरकारले जनताका समस्यालाई नजरअन्दाज गर्दै अधिनायकवादको बाटोतर्फ उन्मुख भइरहेको बताउनुभयो । उहाँले संसद र सडक दुवै क्षेत्रबाट सरकारको सशक्त विरोध आवश्यक रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।