टुँडिखेलमा दुई दिने माघी महाेत्सव हुने
पुस २६, २०८१ शुक्रबार
कास्की – माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल आधार शिविरमा मानव अवशेष भेटिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले मानव कङ्काल भेटिएको जानकारी दिएका बताउनुभयो । उहाँका अनुसार मानिसको हाड, टाउजर र आइफोन माेबाइल पनि फेला परेको छ ।
भेंडा र चौंरी चराउँदै गएकाले अस्ति शुक्रवार मानिसको दुई वटा हाड भेटिएका हुन् । बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिस भेंडाबाख्रा र चौंरी चराउँदै लेकतिर जाने गर्छन् । भेटिएकाे मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल गएको वर्ष पुस १४ गते हराएका थिए । हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको चार हजार पाँच सय मिटर हाराहारीमै रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।