भाेटाे देखाउने जात्राकाे दिन झन्डै १८ हजार ५ सय जनाले चिडियाखाना अवलाेकन गरे

 साउन २०, २०८१ आइतबार १८:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज ललितपुरकाे जावलाखेलमा रहेको सदर चिडियाखानामा झन्डै १८ हजार पाँच सय जनाले अवलोकन गरेका छन् ।

चिडियाखानाका सूचना अधिकृत गणेश कोइरालाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अवलाेकनकर्ताको सङ्ख्या घटेको छ । अघिल्लो वर्ष झन्डै २२ हजार जनाले चिडियाखाना अवलोकन गरेका थिए । कोइरालाका अनुसार जावलाखेलमा मच्छिन्द्रनाथको रथ लामो समय रहँदा धेरै दर्शनार्थीले पहिले नै पूजाआजा गरिसकेकाले यसपालि अवलाेकनकर्ताको सङ्ख्या घटेको हो ।

सामान्य दिनमा चिडियाखानामा झन्डै तीन हजार जनाले अवलोकन गर्ने गर्छन् । भोटो देखाउने जात्राको दिन भने २० हजारभन्दा बढी अवलाेकनकर्ता आउने चिडियाखानाको अनुमान थियो ।

आज चिडियाखाना बिहान ५ बजेदेखि नै खुलेको थियाे । आजका लागि चिडियाखानाले प्रवेश शुल्क ७५ रुपैयाँ ताेकेकाे थियाे । अरू बेला चिडियाखाना प्रवेशका लागि दुई सय रुपैयाँ टिकट लाग्छ । विद्यार्थीका लागि एक सय ३५, ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ, १२ वर्षसम्मका बालबालिकाका लागि ७५ रुपैयाँ तथा सार्क देशका विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ र सार्कबाहेकका देशका नागरिकका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया