अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो

 पुष १४, २०८१ आइतबार ९:२०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हवाई क्षेत्रमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी माग्नुभएको छ । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् घटना भएको भन्दै माफी माग्नुभएको बीबीसीले जनाएको छ ।

पुटिन प्रशासनले निकालेको विज्ञप्तीमा आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेको बताए पनि अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको स्वीकार भने गरेको छैन । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

बुधवार अजरबैजानी विमान कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । रुसको दक्षिणी भागबाट फर्कँदै गरेको विमान अवतरण गर्ने बित्तिकै आगो लागेको थियो । बिमानमा ६७ जना रहेकोमा ३८ जनाको ज्यान गएको थियो । विमानको अघिल्लो भागमा आगो लागेको थियो । बाँच्नेहरु पछिल्लो भागमा रहेकाहरु हुन् ।   

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया