कल्भर्टभित्र पसेर माछा मार्ने क्रममा दाङमा एक जनाको ज्यान गयो

 पुष १५, २०८१ सोमबार १५:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

दाङ – कल्भर्टभित्र पसेर माछा मार्ने क्रममा दाङमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका–६ सर्वाेदय चोकका ६६ वर्षीय ढोर्री कुमाल रहेका इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

कालाकाटे सडक खण्डको प्रनाहा नजिक कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा डुब्दा ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कुमाल पानीमा डुबेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया