सुनको भाउ आज एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो, तोलाको ...
माघ २२, २०८१ मंगलबार
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिनुभएको छ ।
उहाँले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गर्नुभएको छ ।
दक्षिण अफ्रिकामा गोरा किसानको सामूहिक हत्या र जग्गा कब्जा भइरहेको ट्रम्पको दाबीलाई राष्ट्रपति सिरिलले खण्डन गर्नुभएको बीबीसीले जनाएको छ ।
सिरिलले सामाजिक सञ्जाल एक्समा दक्षिण अफ्रिका लोकतन्त्रिक देश रहेको र कानूनको शासन, न्याय र समानता रहेको भन्दै भूमि सुधार नीति र द्विपक्षीय हितका मुद्दाहरूमा ट्रम्प प्रशासनसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले अमेरिका एक प्रमुख रणनीतिक राजनीतिक र व्यापार साझेदार भएको बेला मुख्य रुपमा एचआईभी/एड्स राहत कार्यक्रमबाहेक दक्षिण अफ्रिकालाई महत्त्वपूर्ण रकम सहायता उपलब्ध नगराएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।
यसअघि हिजो अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको पूर्ण अनुसन्धान नभएसम्म अमेरिकी कोषबाट हुँदै आएका र भविष्यमा हुने सबै सहायता कटौती गर्ने चेतानवी दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।