आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डक...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – पुस महिनामा देशभरबाट ३ हजार ६ सय ९८ जना बालबालिका हराएकामा ३ हजार १ सय ६ जना फेला परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुसमा एक हजार २६ बालक र दुई हजार ६ सय ७२ बालिका गरी ३ हजार ६ सय ९८ जना बालबालिका हराएका थिए । तीमध्ये ८ सय ८२ जना बालक र २ हजार २ सय २४ जना बालिका फेला परेका हुन् ।
पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाबाट २ सय ५० जना बालक हराएकामा २ सय ११ जना फेला परेका छन् । यस्तै मधेश प्रदेशबाट ६ सय ४५ जना बालिका हराएकामा ४ सय ३७ जना फेला परेका छन् । प्रहरीले अझै ५ सय ९० जना बालबालिकाको खोजी भइरहेको छ । हराएकामध्ये २ जनाको ज्यान गएको प्रहरीले तथ्याङ्कमा छ ।
बालबालिका हराएमा, बेवारिसे अवस्थामा फेला परेमा, दुर्व्यवहारको शिकार अथवा जुनसुकै जोखिममा परेको देखेमा नजिकैको प्रहरी कार्यालय वा बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मा खबर गर्न प्रहरीको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।