थाइल्यान्डले साताैं विकेटका लागि ५० रनकाे साझेदारी गरेपछि न...
माघ २२, २०८१ मंगलबार
चीनले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयातमा १० प्रतिशत शुल्क लगाउने घोषणा गर्नुभएको थियो । चीनले आजसम्म यो निर्णय फिर्ता नलिएमा जवाफ दिने बताएको थियो । आज चीनले अमेरिकाबाट आउने सामानमा थप शुल्कको घोषणा गरेको हाे ।
अमेरिकाबाट कोइला र तरल प्राकृतिक ग्यासको आयातमा चीनले १५ प्रतिशत कर थपेको छ । यस्तै कच्चा तेल, कृषि मेशिनरी सामान, पिकअप ट्रक र ठूला इन्जिनका कारहरूमाथि १० प्रतिशत शुल्कको घोषणा भएको छ । यसले अमेरिकी सामानलाई चीनमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।
चीनको अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर ट्रम्प प्रशासनले विश्व व्यापार सङ्गठनका कानून र नियम तोडेको पनि आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले एकतर्फी कर लगाउनु विश्व व्यापार सङ्गठनको नियमको गम्भीर उल्लङ्घन हो । यसले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछ ।’
अमेरिकाले यसअघि मेक्सिको र क्यानडाविरुद्ध २५–२५ प्रतिशत कर लगाएकोमा ३० दिनका लागि स्थगित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।