नेप्से सामान्य घटेकाे दिन फाइनान्स समूहकाे शेयर ५.६७ प्रतिशतल...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन् । पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । नेपालले यसअघिका ४ वटै खेल हारेको छ । नेपाली महिला टाेली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २/२ पटक पराजित भएको छ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले शृङ्खलाको उपाधि जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।