पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताउनुभएको हो ।
ट्रम्पले अमेरिकाले गाजाको ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गरेर त्यहाँको आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ । यसले गाजाका मानिसहरूलाई रोजगारी र बसोवासका लागि घर प्रदान गर्ने उहाँको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि बताउनुभएको छ । उहाँले गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजाभन्दा बाहिर स्थायी रूपमा बसोपास गर्न सुझाव पनि दिनुभएको छ ।
यसैबीच नेतान्याहूले ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भविष्यलाई नयाँ उचाइमा पुर्याउन पहल गरिरहनुभएको भन्दै खुशी व्यक्त गर्नुभएको हो ।
भविष्यमा गाजा इजरायलका लागि कहिल्यै खतरा नबनोस् भन्ने आफ्नो चाहना रहेको नेतान्याहूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।