पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने आज अदालतमा उपस्थित भएका हुन् । उनीसँग आजैदेखि बयानको तयारी छ ।
बयान सकिएपछि थुनछेक बहस शुरू हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
हिजो लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । योसहित सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ पुगेको छ ।
यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज ८ गते सरकारी वकिलको कार्यालयले लामिछानेलगायतलाई छुटाएर १७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।
त्यस क्रममा सरकारी वकिलको कार्यालयले ‘सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको’ भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा हिजो लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने सहकारी प्रकरणपछि निलम्बित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।