युरोपेली सङ्घलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्केत
माघ २१, २०८१ सोमबार
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउनुभएको छ । पानामाले नहरमा चीनको नियन्त्रण परिवर्तन नगरेमा अमेरिकाले नहरलाई नियन्त्रण लिन बाध्य हुने पनि रुबियोले चेतावनी दिनुभएको छ ।
पानामाले चीनसँगको बढ्दो साँठगाँठ कम नगरेमा अमेरिकाले आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने उहाँको चेतावनी छ । अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच हिजो पानामा सिटीमा भएको भेटवार्तापछि यो चेतावनी आएको हो ।
पानामाका राष्ट्रपति मुलिनोले पानामा नहरमा अमेरिकी कब्जाको कुनै खतरा नदेखेको बताउनुभएको छ । अमेरिकाले पानामा नहरमा चीनको प्रभाव बढेको देख्नु उसकै कमजोरी रहेको पनि मुलिनोको भनाइ छ ।
यसैबीच पानामामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आन्दोलन चर्किएको छ । पानामा नहर नियन्त्रणमा लिने भन्दै ट्रम्पले दिएको अभिव्यक्तिविरुद्ध पानामा देशभर प्रदर्शन भएको हो ।
पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।
संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरकाे निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ ।
इन्जिनियरिङ हिसाबले निकै जटिल मानिएको यो नहर निर्माणका क्रममा २५ हजार जनाको ज्यान गएको थियो । पानामा नहर पानामा देशको अर्थतन्त्रको मुख्य स्रोत हो । यसबाट पानामाले वार्षिक अर्बाैं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।