रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठायो

 माघ २३, २०८१ बुधबार १७:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

सहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो । उनको मुद्दा अहिले हेर्दाहेर्दैमा छ ।

अदालतले लामिछानेलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाएको हो ।

आजै अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस शुरू भएको हो । यसअघि बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो । परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टिसमेत जनाएका थिए ।

त्यसअघि काठमाण्डाै जिल्ला अदालतले पनि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको थुनछेक जारी रहँदा लामिछानेलाई हिरासतमै पठाएको थियो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया