सचिन परियारलाई प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली, भाइरल प्रवृत्तिबा...
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा परेसँगै उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बन्नुभएको छ । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकारी स्वतः कार्यवाहक मेयर बन्नुभएको नगरपालिकाका प्रवक्ता महेश रिमालले बताउनुभयो ।
कांग्रेसबाट निर्वाचित मेयर बस्नेत निलम्बनमा परेपछि नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनमा मेयर र उपमेयर दुवैको यो दोस्रो कार्यकाल हो ।
मेयर मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् । मेयर बस्नेतमाथि २२ करोड रुपैयाँभन्दा धेरै बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।