गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन, सब...
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ ।
विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान पूजा महतो पनि अटाएकी छिन् । टोलीमा उपाधि विजेता भारतका ४, उपविजेता बनेको दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १/१ जना खेलाडी छन् । पूजा एसोसिएट राष्ट्रबाट टोलीमा पर्ने एकमात्र खेलाडी हुन् ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ वटै खेलमा हार बेहोरेको थियो भने प्लेअफमा भने मलेसियालाई हराएको थियो । प्रतियोगितामा पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि दक्षिण अफ्रिकालाई हराउँदै भारतले जितेको थियो । भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।