त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन् ।
उनीहरूले विदेशी सामानमा बढेको करले अमेरिकालाई नै असर पर्ने चेतावनी दिएका छन् । नेसनल एसोसिएशन अफ होम बिल्डर्स, अमेरिकन अप्यारल एण्ड फुट वेयर एसोसिएशन, युनाईटेड वर्कर्स, डिस्टिल्ड स्पिरिट्स काउन्सिललगायतका संस्थाले विरोध जनाएका छन् ।
यस्तै ट्रम्पले क्यानडा, मेक्सिको र चीन माथि थपेको करले उद्योग जगत चिन्तित बनेको छ । हालै कर बढाइएका यी देशहरूले विरोध गरेका छन् भने अमेरिकालगायत एशियाली देशका उद्योगीले ट्रम्पको कर नीतिले व्यवसाय चौपट हुने चिन्ता व्यक्त गरेका समाचार संस्था एएफपीले जनाएको छ ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले जवाफी कर लगाउने घोषणा गर्नुभएको छ । यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि करको बदलामा कर लगाउने घोषणा गर्नुभएको खबरमा उल्लेख छ । चीनले पनि राष्ट्रपति ट्रम्पको कदमप्रति आपत्ति जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।