अर्जुन ट्रफी क्रिकेट : झापालाई हराउँदै डडेल्धुराकाे लगातार दाेस्राे जीत

 माघ २१, २०८१ सोमबार १५:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेल्धुराले बोस्टन क्रिकेट झापालाई हराएको छ ।

खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा डडेल्धुराले झापालाई ७७ रनले हरायाे । डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले १५ ओभरमा ९ विकेट गुमाएर ६६ रनमात्रै बनाउन सक्यो । झापाका दिपु भुजेलले १५ र सनम बुढाथोकीले १७ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २ तथा सन्दीप जोरा, रवि विष्ट र आवाज गौतमले १/१ विकेट लिए ।

यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे डडेल्धुराले १५ ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनायाे । डडेल्धुराका आयुष्मान बमले नटआउट ५७, सन्दीप जोराले ५१, किरन ठकुन्नाले नटआउट २१ रन बनाए । झापाका अरुण ऐरीले २ विकेट लिए ।

प्रतियाेगितामा लगातार दोस्रो जितसहित डडेल्धुरा तालिकाको शीर्ष स्थानमा छ । १ खेल खेलेकाे झापा पुछारमा छ । प्रतियोगितामा अहिले एक्सिलेन्स किक्रेट सेन्टर काठमाण्डौ र सीवाईसी अत्तेरिया खेलिरहेका छन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया