बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै – त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको छ ।
थाइल्यान्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ ओभर ५ बलमा ६९ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कप्तान बबेते डी लीडेले २५, आइरिस ज्विलिङ्गले १३, क्यारोलिन डी लाङ्गेले १० रन बनाएपनि अन्य खेलाडीकाले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । थाइल्यान्डका थिपाचा पुथावोङ्ग र ओनिचा काम्चोम्फुले ३/३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्ड १९ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । थाइल्यान्डकी चानिदा सुथिरुआङ्गले २७ रन बनाइन् । नेदरल्यान्ड्सका आइरिस ज्विलिङ्ग, इभा लिन्च र सिल्भर सिगेर्सले २/२ विकेट लिए ।
थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ ।
प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड खेल्दैछन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।