अत्तरियाले काठमाण्डाैलाई ८६ रनले हरायाे

 माघ २१, २०८१ सोमबार १८:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगितामा सीवाईसी अत्तरियाले एक्सिलेन्स क्रिकेट सेन्टर काठमाण्डाैलाई ८६ रनले हराएको छ ।

अत्तरियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर २ बलमा ५६ रनमै अलआउट भयो । काठमाण्डौका सोनु अन्सारीले १५ र विपिन आचार्यले ११ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अत्तरियाका कमल गुप्ताले ५ विकेट लिए ।

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनायो । अत्तरियाका विवेक यादवले नटआउट ५३ रन बनाए । काठमाण्डौका दीपेन्द्र रावत र उनिष ठकुरीले २/२ विकेट लिए । अत्तरिया लगातार दोस्रो जीतसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया