श्रीलङ्कासँगको टी–२० शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जित्यो

 पुष १५, २०८१ सोमबार १८:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – श्रीलङ्कासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ४५ रनले हरायो ।

न्युजिल्यान्डले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर १ बलमा १ सय ४१ रनमा अलआउट भयो । श्रीलङ्काका कुशल पेरेराले ४८, पथुम निसान्काले ३७ रन बनाए । श्रीलङ्काले १४ रन जोड्दा ७ विकेट गुमायो । न्युजिल्यान्डका ज्याकब डुफेले ४ विकेट लिए ।

यसअघि बे ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । न्युजिल्यान्डका मार्क चापम्यानले ४२ तथा टिम रोबिनसन र मिचेल हेले समान ४१ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गाले २ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो खेल ८ रनले जितेको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बिहीवार हुनेछ । यसपछि न्युजिल्यान्ड र श्रीलङ्काबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुनेछ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया