युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो

 पुष १८, २०८१ बिहीबार १२:४६:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेका छन् । गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

सेन्टिजेमा रहेको एउटा रेस्टुरेन्टमा अतिथिहरूसँग भनाभनपछि यो घटना भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणकारीले आफूलाई पनि गोली हानेको पुष्टि भएको थियो । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको खबरमा उल्लेख छ । झडपमा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको छ ।

त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई भयानक दुर्घटना भन्दै सरकारले आजदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया