रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित वरपर भूकम्पको धक्का महसूस भएको थियो । केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार २०७२ सालको गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसूस गरिएको हो ।
यसअघि पुस १६ गते बिहान ७ बजेर ५४ मिनेटमा बैतडी केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै पुस ११ गते बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।