धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – सन् २०२४ को आईसीसी अवार्ड्सको नौ वटै विधाको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष र महिला दुवैतर्फ अवार्ड्सकाे मनोनयन सार्वजनिक गरेको हो ।
आईसीसी ‘इमर्जिङ्ग पुरुष क्रिकेटर अफ द इयर’ अवार्डका लागि पाकिस्तानका सइम अयुब, श्रीलङ्काका कमिन्दु मेन्डिस, वेस्ट इन्डिजका शामर जोसेफ र इङ्गल्यान्डका गस एट्किन्सन मनोनयनमा परेका छन् । यस्तै आईसीसी ‘इमर्जिङ्ग महिला क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा भारतकी श्रेयंका पाटिल, स्कटल्यान्डकी सास्किया होर्ली, दक्षिण अफ्रिकाकी एनरी डेर्कसेन र आयरल्यान्डकी फ्रेया सर्गेन्ट परेकी छिन् ।
आईसीसी ‘पुरुष टी–२०आई क्रिकेटर अफ द इयर’ अवार्डका लागि जिम्बावेका सिकन्दर राजा, अस्ट्रेलियाका ट्राभिस हेड, पाकिस्तानका बाबर आजम र भारतका अर्शदीप सिंह मनोनयनमा परेका छन् । यस्तै आईसीसी ‘महिला टी–२०आई क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा श्रीलङ्काकी चामरी अथपथ्थु, न्युजिल्यान्डकी मेली केर, दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट र आयरल्यान्डकी ओर्ला प्रेनडेरगस्ट परेकी छिन् ।
आईसीसी ‘पुरुष ओडीआई क्रिकेटर अफ द इयर’ अवार्डका लागि अफगानिस्तानका अजमतुल्लाह ओमरजाई, श्रीलङ्काका कुसल मेन्डिस, वेस्ट इन्डिजका शेरफेन रुथरफोर्ड र श्रीलङ्काकै वानिन्दु हसरङ्गा मनोनयनमा परेका छन् । यस्तै आईसीसी ‘महिला ओडीआई क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा अस्ट्रेलियाकी अनाबेल सुथरल्यान्ड, दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट, भारतकी स्मृति मान्धना र श्रीलङ्काकी चामरी अथपथ्थु परेकी छिन् ।
आईसीसी ‘पुरुष टेस्ट क्रिकेटर अफ द इयर’ अवार्डका लागि इङ्गल्यान्डका जोए रुट, श्रीलङ्काका कमिन्दु मेन्डिस, इङ्गल्यान्डकै ह्यारी ब्रूक र भारतका जसप्रीत बुमराह मनोनयनमा परेका छन् ।
यस्तै ‘राचेल हेहोए फ्लिन्ट ट्रफी फर आईसीसी महिला क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा श्रीलङ्काकी चामरी अथपथ्थु, न्युजिल्यान्डकी मेली केर, अस्ट्रेलियाकी अनाबेल सुथरल्यान्ड र दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट परेकी छिन् ।
‘सर गारफिल्ड सोबेर्स ट्रफी फर आईसीसी पुरुष क्रिकेटर अफ द इयर’ अवार्डका लागि इङ्गल्यान्डका जोए रुट, भारतका जसप्रीत बुमराह, अस्ट्रेलियाका ट्राभिस हेड र इङ्गल्यान्डकै ह्यारी ब्रूक मनोनयनमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।