लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले प...
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – ‘बोर्डर–गाभस्कर ट्रफी’ अन्तर्गत अस्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ८५ रनमा अलआउट भएको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिलो पारीको ब्याटिङ गरेको भारत पहिलो दिनको चिया समयपछि १ सय ८५ रनमा अलआउट भएको हो । भारतका ऋषभ पन्तले ४०, रविन्द्र जडेजाले २६, जसप्रीत बुमराहले २२, शुभमन गिलले २० रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ४, मिचेल स्टार्कले ३ विकेट लिए ।
यो खेल भारतका लागि निकै महत्त्वपूर्ण छ । शृङ्खलामा घरेलु टोली अस्ट्रेलिया २–१ ले अघि छ । शृङ्खला बराबरी गर्नका लागि भारतले यो खेल जित्नुपर्नेछ । यो खेलमा भारतको कप्तानी जसप्रीत बुमराहले गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।