अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

 पुष २१, २०८१ आइतबार १२:३४:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको छ ।

यो हिउँ आँधीले यो दशकको सबैभन्दा बढी हिमपात र सबैभन्दा बढी चिसो हुने र दशौं लाख मानिस प्रभावित हुने राष्ट्रिय मौसम सेवाको अनुमान छ । केन्टकी र भर्जिनिया राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

मिसिसिपी र फ्लोरिडा लगायत अमेरिकाका केही भागहरूलाई कडा चिसोको चेतावनी जारी भएको छ । आर्कटिक वरिपरि घुम्ने चिसो हावाको कारण कठिन अवस्था आउन थालेको हो । राष्ट्रिय मौसम सेवाले सन् २०११ पछि यो वर्ष सबैभन्दा चिसो जनवरी महिना हुने बताएको छ । यसैबीच हिमआँधीको चेतावनीसँगै प्रशासनले तयारी शुरु गरेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया