सर्लाहीमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहकाे ...
पुस २१, २०८१ आइतबार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका अनुसन्धानकर्ताहरूले आजका लागि पक्राउ प्रयास स्थगित गरेका छन् ।
युनको घरबाहिर रहेका सुरक्षा टोलीले अवरोध गरेपछि ६ घण्टासम्मको प्रयास स्थगित भएको हो । केही दिनदेखि राष्ट्रपति निवास अगाडि युनका समर्थकहरू बसेर नाराजुलुस गरिरहेका छन् ।
गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने 'मार्शल ल' को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो ।
युनलाई पक्राउ गर्न राष्ट्रपति निवासमा पुगेका अनुसन्धान अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकेकाे बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताले पक्राउ पुर्जीको म्याद जनवरी ६ भित्र युनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छन् ।
पक्राउ गर्ने प्रयास भइरहँदा दक्षिण कोरियामा राजनीतिक सङ्कट झन्–झन् गहिरिँदै गएको खबरमा उल्लेख छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।