नेपालमा टेलिकम सेवा प्रदायकको आम्दानी घट्दै

 पुष १९, २०८१ शुक्रबार १५:९:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो एक दशकमा नेपालमा टेलिकम सेवा प्रदायकको आम्दानी २५ प्रतिशतले घटेको छ । आम्दानी घटेसँगै सेवा प्रदायक पलयान भएका छन् ।

एक दशकअघि १० वटा सेवा प्रदायक रहेकामा अहिले नेपाल टेलिकम र एनसेल गरी दुई वटा मात्रै अस्तित्वमा छन् ।

टेलिकम सेवा प्रदायकको आम्दानीसँगै उनीहरूले सरकारलाई तिर्ने कर पनि घटेको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा टेलिकम सेवा प्रदायक क्षेत्रबाट देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै चार प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा झरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक आनन्दराज खनाल अहिले टेलिकम कम्पनीहरू सङ्कटोन्मुख अवस्थामा रहेका बताउनुहुन्छ । उहाँका अनुसार मेसेन्जर, भाइबर, ह्वाट्सएप, इमोलगायत ओटीटी प्लेटफर्मका कारण टेलिकमको आम्दानी घटेको हो । महँगो सञ्चालन खर्च, बर्सेनि ठूलो लगानीकाबीच नियमनकारी निकायले सहजीकरण नगरिदिँदा पनि टेलिकम सेवा प्रदायक समस्यामा पर्दै गएका उहाँले बताउनुभयो ।

नियमित रूपमा महसूल दरमा कटौती, सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका बीच पनि उपभोक्ताहरू इन्टरनेटमा आधारित अरू प्लेटफर्मतर्फ बढी आकर्षित छन् । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले टेलिकम कम्पनीको आम्दानीसँगै देशले यस क्षेत्रबाट पाउने लाभ पनि गुमाइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया