एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
अमेरिकामा नयाँ बर्ष मनाउँदै गर्दा भएका हिंसात्मक घटनालाई लिएर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गर्नुभएको छ ।
हिंसात्मक घटनाले अमेरिका विश्वमा हास्य पात्र बनेको भन्दै ट्रम्पले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएका आरोप लगाउनुभयो । बाइडेनको खुला सीमा नीतिको सन्दर्भमा आफूले यसअघि पनि विरोध गर्दै आएको उहाँकाे भनाइ छ ।
खुला सीमा नीति र कमजोर नेतृत्वकै कारण अमेरिकामा कट्टरपन्थी इस्लामिक आतङ्कवाद र हिंसात्मक अपराध भएको ट्रम्पले उल्लेख गर्नुभएको छ ।
नयाँ वर्षको रमाइलोका बेला लुइसियाना राज्यको न्यु अर्लिन्समा एक व्यक्तिले भीडमा ट्रक गुडाउँदा १५ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए । यस्तै लस भेगासमा ट्रम्प इन्टरनेशनल होटलबाहिर साइबर ट्रक विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।
न्याय विभाग, अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई), डेमोक्र्याटद्वारा शासित राज्य र स्थानीय अभियोजकहरूले आफ्नो काम नगरेका ट्रम्पको आरोप छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा शपथ लिँदै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।