इटालियन सुपर कपको उपाधि एसी मिलानलाई
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत् र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने झन्डै नौ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार चार अर्ब ६० करोडको शेयर कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका ९३ लाख ८६ हजार कित्ता शेयर चार अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको १९ करोड रुपैयाँको शेयर कारोबार भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।