बिहान गएको ठूलो भूकम्पको म्याग्निच्युडबारे फरक–फरक विवरण

 पुष २३, २०८१ मंगलबार ८:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको ठूलो भूकम्पको म्याग्निच्युड फरक–फरक मापन भएको छ । नेपाल–चीन सिमानाको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यस्तै चिनियाँ समाचार संस्था सिन्ह्वाले ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प रहेको उल्लेख गरेको छ भने अमेरिकाको यूएसजीएसले ७ दशमलव १ म्याग्निच्युड मापन गरेको छ ।

भूकम्पको धक्का नेपालमा काठमाण्डौ उपत्यकासहित पूर्वी पहाडी र तराई क्षेत्रमा पनि महसुस गरिएको थियो । त्यस्तै चीन, भारत, बङ्गलादेश र भुटानमा पनि धक्का महसुस गरिएको छ ।
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया