दाउन्ने 'एग्रो फार्म' ले सर्वसाधारणका लागि १० करोड रुपैयाँको 'आईपीओ' जारी गर्ने

 पुष १९, २०८१ शुक्रबार १५:१२:५७ | रासस
unn.prixa.net

चितवन – दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड रुपैयाँको आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–३ को सर्दीमा झन्डै ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’ मा कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले चाँडै नै ६ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।

कुखुरापालन क्षेत्रमा आईपीओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

२०७४ सालमा स्थापना भएको यस कम्पनीमा शुरु आतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा अहिले दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । यहाँ उत्पादित अण्डा देशका प्रमुख शहरहरूसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया