अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।
वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहण गरी शुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा हिजो जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।
हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने चलन छ ।
१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने चलन भए पनि अरु वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।