कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै

 साउन २१, २०८१ सोमबार १२:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री हुनुभएका कँडेलले गएको वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो । सङ्घमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । त्यहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ ।

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ ।

प्रदेश सभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उहाँलाई समर्थन गर्ने दल नेपाली कांग्रेस १४ सांसद छन् । यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्र सांसद १ जना छन् ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया